माओवादीको आगामी कात्तिक २२ गते सडक संघर्ष

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादीले आगामी कात्तिक २२ गते काठमाडौंमा सडक संघर्ष गर्ने घोषणा गरेको छ । सो दिन सडक संघर्ष गर्ने गरी माओवादीले मंगलबार बिहान पार्टी कमिटीहरूमा सर्कुलर जारी गरेको छ ।
सरकारको नेतृत्व गर्दा देश र नागरिकका लागि चुनौती मात्रै थपेको माओवादीले सडक संघर्ष घोषणा गर्न विभिन्न तर्क अघि सारेको छ । उसले गणतन्त्रलाई नै आफ्नो सत्ता संरक्षणको मोहरा बनाउन खोजेको छ ।

पार्टी पदाधिकारी बैठकको आइतबार बसेको निर्णय समेटेर सर्कुलर जारी गरेको माओवादीले ‘लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा, प्रतिगमनको विरोध’ गर्न सडक संघर्ष गर्नुपरेको जनाएको छ । ‘राजावादी खेमाबाट गणतन्त्रका उपलब्धि उल्ट्याउनेगरी प्रतिगामी षडयन्त्र भइरहेको’ माओवादीको तर्क छ । प्रदेश र पालिका तहसम्मै प्रदर्शन गर्ने माओवादी नेताहरूले बताएका छन्‌ । यसो गर्दा स्थानीयस्तरमा रक्षात्मक बनेका माओवादी कार्यकर्ताले समूहमै उपस्थिति देखाउन सक्ने र हुलमा रहेका कारण नागरिकले पनि प्रश्न र सवाल उठाउन नसक्ने माओवादीको आँकलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर