प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

पुस १० मा प्रधानमन्त्री बनेका उनले कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीका दललाई समेटेर मन्त्रिपरिषद् व्तिार गरेका हुन् ।

तथापि सरकारले अझै पूर्णता भने पाउन सकेको छैन् । अझै ५ मन्त्रालय प्रधानमन्त्रीसँग छ । किनकी ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ४ जनाको नाम दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ ।

नेपालको संविधान २०७२ मा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउने अधिकार दिइएको छ ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारीः

कांग्रेसबाट
उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री
डा. प्रकाशशरण महत अर्थ
रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति
सीता गुरुङ शहरी विकासमन्त्री

माओवादी केन्द्रबाट
बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा गृह मन्त्री
उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ
रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि
सुदन किराती पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी संघीय मामिला तथा समान्य प्रशासन

जसपाबाट
अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री

एकीकृत समाजवादीबाट
उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास
उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री

लोसपाबाट
शरदसिंह भण्डारी श्रम तथा रोजगार

नागरिक उन्मुक्ति पार्टीबाट
अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री

नेपाल समाजवादी पार्टीबाट
महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री

अन्तिम समयमा आएर जनमत पार्टीका अब्दुल खानले सहमतिअनुसार उद्योग मन्त्रालयको जिम्मेवारी नदिएपछि खानेपानी मन्त्रीबाट राजीनामा दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर