सुनकाे भाउ आज पाँच सय रुपैयाँले घट्याे

काठमाडौं ।  सुनको भाउ आज पनि तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर