आईसीसी टी-२० विश्वकप : नेपाल र मलेसियाबीच खेल हुँदै

काठमाडौं ।  आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मंगलबार नेपाल र मलेसियाबीच हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेबाट सुरु हुनेछ। घरेलु टोलीले सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो।

प्रतियोगिताको दोस्रो दिन आज चार खेल खेलाइनेछ। पहिलो खेल सिंगापुर र ओमानबीच कीर्तिपुर मैदानमा हुनेछ भने दोस्रो खेल नेपाल र मलेसियाबीच हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर