भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भनिन् “अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सात जनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ ।” यसअघि इस्ट कोस्ट रेलवेका सीपीआरओ विश्वजीत साहुले ट्र्याक पुनःस्थापनाको काममा ध्यान दिइएको बताइन् । “उद्धार कार्य अहिले सकिएको छ, हामीले फसेका यात्रुहरूका लागि बस र रेलको व्यवस्था गरेका छौँ, १८ वटा रेल रद्द गरिएको छ र २२ वटा रेल मार्ग परिवर्तन गरिएको छ, हामी आज साँझ ४ बजेसम्म ट्र्याक खाली गर्ने प्रयास गरिरहेका छौँ”, उनले भनिन् ।

आइतबार साँझ आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापट्टनम–रगडा यात्रुवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापट्टनम–रगडा रेलसँग ठोक्किएपछि केही डिब्बा लिकबाट खसेको अधिकारीहरूले बताएका छन् । डिभिजनल रेलवे व्यवस्थापकले दुर्घटनामा तीन वटा डिब्बा संलग्न रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर