महासचिव गुटेरेसलाई नेवारी परम्पराअनुसार सगुन

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ललितपुर पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा नेवारी परम्परा अनुसार सगुन दिएर स्वागत गरिएको छ ।

पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा सोमबार दिउँसो आयोजित स्वागत समारोहमा सहभागी महासचिव गुटेरेसलाई नेपाली वेषभूषामा सजिएका बालबालिकाहरूले स्वागत गरेको थियो भने नेवारी परम्पराअनुसार सगुन दिइएको थियो । यसैगरी, उनले संयुक्त राष्ट्रसङ्घ भवन परिसरमा वृक्षारोपण समेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर