यूएईले बहराइनलाई ५ विकेटले हरायाे

काठमाडौं ।  आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनाेटमा यूएईले विजयी शुरुवात गरेकाे छ । आज साेमवार भएकाे खेलमा यूएईले बहराइनलाई ५ विकेटले हरायाे ।

बहराइनले दिएकाे १ सय ३६ रनकाे सामान्य लक्ष्य यूएईले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । यूएईका अली नसीरले नटआउट ४८ रन बनाए । बलिङतर्फ बहराइनका रिजवान बटले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बहराइन २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायाे । बहराइनका हेदर बटले नटआउट ५९ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र आयन अफजल खानले समान २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर