सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। हिजो  सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर