माओवादीको राजनीतिक अभियान थपियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अभियान एक महिना थपिएको छ । पार्टी पदाधिकारीको आइतबार बिहान बसेको बैठकले तीनमहिने अभियान एक महिना लम्ब्याउने निर्णय गरेको हो ।

पार्टी सचिव लीलामणि पोखरेलले गत भदौ १६ गतेदेखि सुरु भएको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ प्रभावकारी हुँदै गएको र अरू अभियानका बाँकी काम पूरा नभएकाले अवधि थप्ने निर्णय भएको बताए ।

‘घर–घरमा माओवादी जन–जनमा माओवादी’ भन्ने नाराका साथ सुरु भएको अभियान आगामी मङ्सिर १५ गते सक्ने निर्णय भएको थियो । अब अभियान पुस १५ गते सकिने भएको छ । उनले आइतबार बिहान बसेको पदाधिकारी बैठकले पार्टीको तीनमहिने अभियान र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको भ्रमणका विषयमा छलफल भएको जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर