सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५० रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.०५ रुपैयाँ रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.९७ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिद दर ८४.१९ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.५७ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ । राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २७.८१ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९४ रुपैयाँ तोकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर