एक घन्टा १९ मिनेटको आंशिक चन्द्रग्रहण समाप्त

काठमाडौं । यस वर्षको अन्तिम आंशिक चन्द्रग्रहण हिजो शनिबार राति लागेर समाप्त भएको छ । शनिबार राति १ः०५ बजे सुरु भएको यो चन्द्रग्रहण २ः२४ बजेसम्म देखिएको थियो । एक घन्टा १९ मिनेटसम्म लागेको चन्द्रग्रहण नेपाललगायत विश्वका विभिन्न देशबाट पनि देखिएको थियो । चन्द्रग्रहण पहिलो पटक भारतको महाराष्ट्रको चेम्बुरमा देखियो र अन्त्यमा गुजरातको राजकोटमा देखिएको थियो ।

भारत, युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिका, उत्तरी अमेरिका, दक्षिण अमेरिका, प्रशान्त, एट्लान्टिक, हिन्द महासागर, आर्कटिक र अन्टार्कटिकामा देखिएको थियो। देशअनुसार अफगानिस्तान, चीन, इरान, टर्की, अल्जेरिया, बंगलादेश, भुटान, मंगोलिया, नाइजेरिया, बेलायत, स्पेन, स्वीडेन, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, अष्ट्रेलिया, जापान, इन्डोनेसिया, कोरिया र ब्राजिलको पूर्वी भागमा पनि आंशिक चन्द्रग्रहण देखिएको थियो ।

हिजो रातिको चन्द्रग्रहण यस वर्षको अन्तिम खगोलीय घटना हो । यसपछि अर्को चन्द्रग्रहण मार्च २५, २०२४ मा हुनेछ। शरद पूर्णिमाको मिति, महिना, वर्ष र संक्रमणको हिसाब हेर्दा सन् २००५ मा शरद पूर्णिमामा चन्द्रग्रहण भएको थियो भने अहिले २०२३ मा शरद पूर्णिमाका दिन चन्द्रग्रहण लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर