भक्तपुरमा ६२ औं विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

भक्तपुर । ६२ औं विराट नेपाल भाषा साहित्य सम्मेलन बिहीबार भक्तपुरको बिकुमछेँमा सम्पन्न भएको छ । महेन्द्र गोपाल कर्माचार्यको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. योगेन्द्र प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल भाषा आन्दोलनका अग्रज मल्ल के सुन्दरलाई एक लाख नगद राशिसहित विराट पूर्ण वैद्य लुमन्ति सिरपाः प्रदान गरिएको छ ।

विगत ६२ वर्षदेखि निरन्तर रूपमा गर्दै आएको नेपाल भाषा स्नातकोत्तर तह ने.सं. ११४२ र ने.सं. ११४३ तर्फ राकेशमान मास्के र अनिल स्थापितलाई विराट सुरत्न सिरपाः सम्मान तथा एसइइमा नेपालभाषा विषय लिई उत्कृष्ट अंक प्राप्त गर्ने आदर्श मावि थिमिका निकेश बसी श्रेष्ठलाई नेपाल भाषा पदकसहित नगद प्रदान गरिएको छ ।

त्यसैगरी सम्मेलनमा २८ जना साहित्यकारको साहित्यिक रचना समावेश भएको साहित्यिक प्रतिस्पर्धामा कवितातर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः जितेन्द्र श्रेष्ठ ‘रसिक’, दिलकुमारी डंगोल, ज्ञानेन्द्ररत्न बज्राचार्य, कथातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः वद्री वदना, रेणु श्रेष्ठ, लक्ष्मीचन्द्र बज्राचार्य र ओम नरहरि श्रेष्ठ पुरस्कृत भए ।

विराट गुथीको मुखपत्र ह्याउँबाला ३१ अंक विमोचन गरेको कार्यक्रममा वरिष्ठ गायक जुजुकाजि रञ्जित, सत्यनारायण मानन्धर, पवित्र कसाः, नव प्रतिभा रफेला महर्जन र इन्द्रेणी सांस्कृतिक समाजले सांगीतिक प्रस्तुति पस्केको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर