सुन तोलामा पाँच सय रुपैयाँ बढ्यो

काठमाडौं ।  दशैँ पछिको पहिलो कारोबार दिन सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर मूल्यको नयाँ रेकर्ड कायम भएको छ । दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात कात्तिक ३ गते सुनको भाउ प्रति तोला एक लाख १५ हजार पाँच सय रुपैयाँ थियो ।

दशैँपछिको पहिलो कारोबार दिन आज एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने घटबढ भएको छैन । आज चाँदी तोलाको एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर