कर्नाटकमा कार र ट्यांकर ट्रक ठोक्किँदा १३ जनाको मृत्यु

काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा बिहीबार कार र ट्यांकर ट्रक ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटना कर्नाटकको राजधानी बैंगलोरबाट करिब ६२ किलोमिटर उत्तरमा रहेको चिक्काबल्लापुर जिल्लाको बैंगलोर–हैदराबाद राष्ट्रिय राजमार्गमा भएको हो ।

“आज १३ जना बोकेको तीव्र गतिको कारले चिक्कबल्लापुरमा रोकिराखेको ट्यांकर ट्रकलाई ठक्कर दिँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको र एकजना घाइते भएका थिए । घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,” प्रहरी अधिकारीले बताए ।

प्रहरीका अनुसार यात्री बोकेको कार छिमेकी राज्य आन्ध्र प्रदेशको अनन्तपुर जिल्लाबाट बैंगलोर गइरहेको थियो । कुहिरोका कारण बाटो स्पष्ट नदेखिएकाले सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारतमा हरेक वर्ष करिब पाँच लाख सडक दुर्घटनामा एक लाख ५० मानिसको मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् । भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनामा हुने मृत्युलाई ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर