एक भवनमा भएको आगलागीमा परी सात जनाको मृत्यु

काठमाडौं । मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको आपतकालीन व्यवस्थापन एजेन्सीले बताएको छ ।

स्थानीय समयअनुसार बिहान करिब ३ः५० बजे आगलागी भएको सोङ्गिनोखैरखान जिल्लामा रहेको आपतकालीन एजेन्सीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेका समेत एजेन्सीले उल्लेख गरेको छ ।

चिसो मौसम सुरु भएसँगै घरलाई न्यानो राख्न आगो बाल्ने गरिएकाले घरमा आगलागी भएको हुनसक्ने एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार राजधानीको आधाभन्दा बढी जनसङ्ख्या सहरका ग्रामीण जिल्लामा बसोबास गर्छन, जहाँ पानी तताउने तथा ढल निकासको व्यवस्था छैन । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर