नेदरल्याण्डसमाथि अस्ट्रेलिया ३०९ रनले विजयी

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले अहिले सम्मकै ठूलो अन्तरको जित हासिल गरेको छ ।

दिल्लीमा बुधबार भएको खेलमा अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

विश्वकपको इतिहासमा अस्ट्रेलियाले सर्वाधिक ठूलो रन अन्तरको जित आफ्नो नाममा गरेको छ । यसअघि पनि अस्ट्रेलियाकै नाममा यो रेकर्ड थियो । सन् २०१५ को विश्वकपमा उसले अफगानिस्तानलाई २७५ रनले पराजित गर्दै बनाएको रेकर्ड बुधबार नेदरल्याण्ड्सविरुद्ध तोडिएको हो ।

जितका लागि ४०० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट हुँदै मात्र ९० रनमा समेटिएको थियो ।

नेदरल्यान्ड्सका लागि विक्रमाजित सिंहले सर्वाधिक २५ रन बनाएका थिए । स्कट एडवार्ड्सले १२, सेबार्ड इङगेलब्रेचले ११ तथा कोलिन एकरम्यानले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्ट्रेलियाका एडम जाम्पाले ४, मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सले समान एक/ एक विकेट लिए ।

त्यसअघि अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकट गुमाउँदै ३९९ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले १०६, वार्नरले १०४, स्टिभ स्मिथले ७१, मार्नस ल्याबुसेनले ६२, जोस इंग्लिसले १४ तथा कप्तान प्याट कमिन्सले १२ रन बनाए ।

नेदरल्यान्ड्सका लोगन भ्यान बिकले ४, बास डे लेडा ओडीआईले २ तथा आर्यन दत्तले एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर