आज दशैंको टीका लगाउनेहरूलाई चटारो

काठमाडौं ।  विजयादशमीको टीका लगाउने दोस्रो दिन । आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने गर्छन् । साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् ।

आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो हुने गर्दछ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ । आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको पर्वका रूपमा लिने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर