पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ स्वदेश फिर्ता

काठमाडौं । चार वर्षको निर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा मुस्लिम लिग–एनका नेता नवाज शरीफ आज शनिबार स्वदेश फर्केका छन् । उनी यूएईबाट आज इस्लामाबाद पुगेको बीबीसी जनाएको छ ।

सन् २०१७ मा पनामा पेपर्सले गरेको गैरकानुनी लगानी र सम्पत्ति आर्जनको खुलासापछि पाकिस्तानको अदालतले शरीफलाई प्रधानमन्त्री पदबाट हटाइदिएको थियो । त्यसपछि उनी निर्वासनमा गएका थिए । अहिलेको सरकारसँगको मेलमिलापपछि शरीफको स्वदेश फिर्ती सहज बनेको खबरमा उल्लेख छ । पूर्व सूचना मन्त्री मरियम औरङ्गजेबले पाकिस्तानभरका नागरिक उनको प्रतीक्षामा रहेको दाबी गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर