शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३२.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३० रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.१६ रुपैयाँ रहेको छ।

बेलायती स्टर्लिङ पाउन्ड  एकको खरिद दर १६०.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.६१ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७४ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.१२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै राष्ट‍्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ तोकेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९६ रुपैयाँ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर