दुई अमेरिकी बन्धनमुक्त

काठमाडौं । इजरायलमा आक्रमण गरेर झण्डै दुई सय जनालाई बन्धक बनाएको प्यालेस्टिन विद्रोही समूह हमासले दुई जना अमेरिकीलाई रिहा गरेको छ ।

अमेरिकीहरु जुडिथ र नताली रनानलाई हमासले मुक्त गरेको बीबीसीले जनाएको छ । उनीहरु आमाछोरी हुन् । इजरायलका प्रधानमन्त्रीको कार्यालयको विज्ञप्तिमा हमासको कब्जाबाट मुक्त गरेको उल्लेख छ । उनीहरुलाई हमासले गाजा क्षेत्रबाटै बन्धकमुक्त बनाएको हो । उनीहरु आफन्त भेट्न गएको बेला अक्टोबर ७ अर्थात् असोज २० गते हमासको कब्जामा परेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्ति निकालेर दुई अमेरिकी नागरिक रिहा भएको खबरले अत्यन्तै खुशी भएको भन्दै उनीहरुले चाँडै आफन्त भेट्ने बताए । अमेरिकी नागरिकलाई बन्धकमुक्त बनाउन समन्वय गरेको भन्दै उनले कतार र इजरायलको सरकारलाई धन्यवाद दिए । असोज २० गतेदेखि चलिरहेको हमास–इजरायल युद्धमा पाँच हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर