इजराइलमा निधन भएका १० मध्ये ४ नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

काठमाडौं । प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ज्याउन गुमाएका चार जना नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने भएको छ ।

इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी ज्यान गुमाएकामध्ये चार जना नेपालीको शव आइतबार काठमाडौं पुग्ने जानकारी दिएको हो । ‘हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएका ४ विद्यार्थीको शव भोलि दिउँसो १:२५ बजे फ्लाई दुबईको उडानबाट नेपाल पठाइँदैछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फ्लाई दुबईकै उडानबाट काठमाडौंसम्म ती शव पुर्‍याइने व्यवस्था मिलाइएको दूताबासले जानकारी दिएको छ । फ्लाइट डिटेलअनुसार कात्तिक ५ गते आइतबार बिहान काठमाडौं पुग्ने दूतावासले जानकारी दिएको छ । अन्य शवको पनि पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर