आज बडा दशैंको सातौं दिन : देवी कालरात्रिको पूजाअर्चना गरिँदै

काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपातीको दिन हो । घटस्थापनाको दिन राखिएको जमरामा आज फूलपाती भित्र्याउने गरिन्छ । आजको दिन कालरात्रि स्वरूप नवदुर्गा भवानीको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरिन्छ । देवी दुर्गा, आफ्नो सातौं स्वरूपमा कालरात्रिको नामले विख्यात छन् । देवी कालरात्रि घोर अन्धकार जस्तै कालो रङ्ग युक्त शारीरिक वर्ण भएकाले कालीका नामले विख्यात छन् । उनको स्वरूप डरलाग्दो रहेको छ, शिरको कपाल भयानक एवं बिग्रिएको छ, गोलो गोलो र ठूल्ठला तीन नेत्रले युक्त तथा मस्तकमा अर्ध चन्द्र विराजमान छ ।

देवीको वाहन गधा हो । उनको नासिकाको श्वास प्रश्वासबाट अग्निको भयानक ज्वालाहरू निस्किरहन्छन् । तर देवीले सँधै सदाचारीहरूका लागि शुभ फल प्रदान गर्छन् । नवरात्रको सप्तमी तिथि माता कालरात्रिलाई समर्पित छ, उनको भक्ति गर्नाले कुनै प्रकारबाट आतंकित या भयभीत हुनुपर्दैन, सबै परिस्थितिहरूमा सुरक्षित महसुस गर्दछन् । देवी कालरात्रिले दुष्टहरूको विनाश गर्छन् । देवी कालरात्रिको साधक सर्वदा भयबाट मुक्त हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर