खाद्यमा खसीबोका र च्याङ्ग्राको मूल्य घट्यो

काठमाडौं ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खसीबोका र च्याङ्ग्राकाे मूल्यमा थप छुट दिएकाे छ। मन्त्रालयले शुक्रबारदेखि जिउँदो खसीको मूल्य प्रति किलो ६७० बाट खटाएर प्रतिकिलो ६५० र च्याङग्रा प्रतिकिलो १ हजार २५० बाट घटाएर प्रति किलो १ हजार २२५ कायम गरेको छ।

चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस् भन्ने उद्देश्यले खसीबोका र च्याङग्रा खरिदमा अझ सहुलियत दिइएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत मंगलबारबाट खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको थियाे। खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याएको थियाे। खाद्यले दसैंमा सबै खसीबोका र च्याङग्रा बिक्री नभए निरन्तर बिक्री गरिरहने बताएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर