नेप्सेमा ४.०५ अंकको गिरावट

काठमाडौं । आज बिहीबार शेयरबजार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से)  मा ४.०५ अंकको गिरावट आएको  छ ।  कारोबार बन्द हुँदा नेप्से सूचक १९०३.८४ बिन्दुमा झरेको छ । आजको कारोबारमा जम्मा ८० कम्पनीको शेयरमूल्य वृद्धि भए पनि १५० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । ६ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन आएको छैन ।

९७ करोड ६१ लाख रुपैयाँको कारोबार हुँदा बिहीबार सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्‌ । अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले प्रतिकित्तामा २२ रुपैयाँ गुमाउँदै सर्वाधिक नोक्सानी ब्यहोरेका छन्‌ ।

नबिल बैंक लिमिटेड प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ५ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यसअघि नेप्से मंगलबार १३.१८ र बुधबार ४३.२७ अंकले बढेको थियो । तर, साताको अन्तिम कारोबार दिनमा वृद्धि टिकाउन कारोबारीहरू असफल भएका हुन्‌ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर