न्युजिल्यान्डले दियो अफगानिस्तानलाई २८९ रनको लक्ष्य

काठमाडौं । न्युजिल्यान्डले अफगानिस्तानलाई २८९ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकपअन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउदै २८८ रन बनाएको हो । न्युजिल्यान्डका लागि ग्लेन फिल्प्सले सर्वाधिक ७१ रन बनाए भने कप्तान टम लाथमले ६८ रन बनाएका थिए । दुवैले पाँचौं विकेटका लागि १४४ रनको साझेदारी गरेका थिए ।

त्यस्तै विल योंगले ५४, रचिन रविन्द्रले ३२, मार्क चापम्यानले २५ र डेभोन कोनवेले २० रन बनाएका थिए । त्यसैगरी अफगानिस्तानका बलर नविन उल हक र अज्मातुल्लाह ओमरजाइले २(२ विकेट लिए भने राशिद खान र मुजीब उर रहमानले एक एक विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर