आज सुनको भाउ १३ सय रुपैयाँले बढ्यो

काठमाडौं ।  हिजो र अस्ति घटेको सुनको मूल्य फेरि बढेको छ । आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर सुन एक लाख १३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर चाँदी तोलाको एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर