उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि लागू हुँदै

काठमाडौँ । आज ( बिहीबार) रातिदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुदैँछ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज राति १२ः०० बजेबाट मौन अवधि सुरु हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचार प्रसार गर्न आज राति १२ः०० बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाइएमा कारबाही हुनेछ । वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर