यूएईले नेपाललाई दियाे १ सय ४१ रनकाे लक्ष्य

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले नेपाललाई १ सय ४१ रनकाे लक्ष्य दिएकाे छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायाे । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जाेडे । बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा साेमपाल कामी र अविनाश बाेहराले १/१ विकेट लिए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएकाे हाे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेकाे हो । नेपालले दाेस्राे खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर