मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा गाडी दुर्घटना, एकको मृत्यु

काठमाडौं । काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा इलेक्ट्रिक गाडीले मोटरसाइलकलाई ठक्कर दिई भाग्ने क्रममा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा गाडीमा सवार एक जनाको ज्यान भएको छ भने आठ जना घाइते भएका छन् । पनौती–५ सुन्दर बस्तीमा बुधबार बिहान अन्दाजी ६ः४५ बजेको समयमा काठमाडौैंबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना भएको हो ।

गाडी दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी रमिलाको बिहान ७ः३५ बजे धुलिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–१२ की २३ वर्षीया पुष्पा तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ बस्ने ५१ वर्षीय टङ्क प्रसाद दाहाल, मोटरसाइकल चालक इलाम थाकथुम गाउँपाकिला–३ का ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–२ की ज्ञानु ढुङ्गेल, रकिट ढुङ्गेल, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ का अनिल आले मगर, सिन्धुली सुनकोसी गाउँपालिका–३ बस्ने उर्मिला घिमिरे घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका यात्रुको टाउको हात, ढाड र खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ । इलेक्ट्रिक गाडी चालक काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ का ४१ वर्षीय उपेन्द्र थापा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर