काठमाडौंबाट मंगलबार एकै दिन १ लाख यात्रु बाहिरिए

काठमाडौं । काठमाडौं उपत्यकाबाट हिजो मंगलबार एकै दिन झण्डै एक लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकाबाट ९१ हजार एक सय दुई जना यात्रु बाहिरिएका छन् । यो अवधिमा उपत्यका भित्रिनेको संख्या भने ५७ हजार ५ सय १ रहेको महाशाखाले जनाएको छ ।

यस्तै, अस्तिदेखि हिजो बिहानसम्म झण्डै ७४ हजार जना गाउँ घर फर्किएका छन् । यो अवधिमा ४४ हजार यात्रु उपत्यका आएका थिए । घटस्थापनादेखि अहिलेसम्म झण्डै साढे दुई लाख जना गाउँ घर फर्किएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अनुमान छ । स्कुल कलेज बिदा भएसँगै गाउँघर फर्किनेको संख्या बढिरहेको छ ।

खासगरी कलंकी, बल्खु र कोटेश्वरमा गाडी र यात्रुको चाप बढेको छ । गाडीमा सीट नपाउने समस्या यसपालि पनि दोहोरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बसको अग्रिम टिकट बुकिङ खुला गरेर यात्रालाई व्यवस्थित बनाउने प्रयास गरेको छ । अग्रिम टिकट पाउन यात्रुलाई सास्ती छ । यस्तै, दशैँ सुरु भएसँगै गाउँघरमा पनि चहलपहल बढेको छ । कामका लागि देश बाहिर रहेका र देश भित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरु घर फर्किएसँगै चहलपहल बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर