प्रधानमन्त्री प्रचण्ड मुस्ताङ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान मुस्ताङ प्रस्थान गरेका छन् । मुस्ताङ पुगेर प्रधानमन्त्री प्रचण्डले स्थानीयवासीसँग जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

यस क्रममा उनले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर