वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि ब्याजदर घटाए

काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् ।   कात्तिक महिनाका लागि १४ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने दुई वटा बैंकले ब्याजदर बढाएका छन् । यस्तै चार वटा वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् ।

ब्याजदर यथावत राख्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् । यी बैंकहरुले असोज महिनाका लागि तोकिएको  ब्याजदर कायम राख्ने भएका हुन् । तर, एनएमबि बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन् ।  एनएमबि बैंकले कात्तिकका लागि १.०१३ प्रतिशत ब्याजदर बढाएको छ । यस बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै नेपाल एसबिआई बैंकले ०.७ प्रतिशत बढाएर ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर पुर्‍याएको छ ।

एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलगायतले भने ब्याजदर घटाएका छन् । कात्तिक महिनाका लागि एभरेष्ट बैंकले १.८३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर कायम गरेको छ । साथै  प्राइम कमर्सियल बैंकले ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत,  नबिल बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर कायम गरेको छ भने प्रभु बैंकले ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल आइमई बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत कायम गर्दा कृषि विकास बैंकले ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ । सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत ब्याजदर तोकेको छ भने कुमारी बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत, नेपाल बैंकले ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत,   एनआईसी एशिया बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर