आज सुन तोलामा ४ सय घट्यो

काठमाडौं । सुनको भाउ आज मंगलबार पनि घटेको छ । हिजो सोमबार तोलामा सात सय रुपैयाँले घटेको सुनको भाउ आज चार सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलामा १ लाख ११ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर