मूल्य घटाएपछि पम्पहरूले बेच्न छाडे इन्धन

काठमाडौं । नेपाल आयल निगमले आइतबार साँझ डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गर्‍यो । निगमको निर्णयअनुसार डिजेलको मूल्य लिटरमा ५ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँले घटायो ।

यो निर्णय उपभोक्ताको अपेक्षाभन्दा बाहिरको विषय थियो चार्ड पर्व लागिसकेको अवस्थामा प्रतिलिटर ठुलै मूल्यमा गिरावट भएर डिजेल पेट्रोल आउँछ भन्ने धेरैलाई लागेको थिएन , निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाएसँगै सेवाग्राहीले खुशी व्यक्त गरे । तर खुशी त्यति धेरै लामो समय टिकेन सेवाग्राहीमा, आइतबार बिहानैदेखि देशभरका अधिकांश पम्पमा सटर लगाइयो र बाहिर पोस्टर राखियो डिजेल पेट्रोल छैन भनेर । ‘पेट्रोल छैन’ भन्ने सूचना कृत्रिम थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा किन अचानक पम्पहरूमा पेट्रोल सकियो त?

देशभरका सडकमा सवारीसाधन चलाइरहेका यात्रुहरू इन्धन सकिएपछि भर्न पेट्रोल पम्प छिरे तर तेल हाल्न पाएनन् । अधिकांश पेट्रोल पम्प त बन्द नै गरिएको छ खुला भएका एक दुई वटा पेट्रोल पम्पमा समेत घण्टौँको लाइन लाग्यो तर सेवाग्राहीले पेट्रोल पाएनन् ।

काठमाडौँ उपत्यकासहित देशैभरका पम्पहरूले आफूहरूलाई ‘जानकारी नै नदिई’ एक्कासि मूल्य घटाएको भन्दै निगमलाई दबाब दिन पेट्रोल बिक्री रोकेका हुन् । एकै पटक प्रतिलिटर ११ रुपैयाँले पेट्रोलको भाउ घटाएको र विक्रेताहरूलाई जानकारी नै नगरी मनखुशी मूल्य घटाएको भन्दै सरकालाई दबाब दिन बिक्री रोकेको पम्प सञ्चालकहरूको भनाइ छ ।

घण्टौँको लाइन बस्दा समेत पेट्रोल भर्न नपाएपछि सेवाग्राहीले गुनासो र दुखेसो पोखेका छन्। सरकारले सस्तो लोकप्रियता कमाउन मूल्य घटाएको तर त्यसको कार्यान्वयनमा कुनै पनि भूमिका नखेलेको उपभोक्ताको गुनासो छ । यता व्यवसायीले भने पेट्रोल पम्प निरन्तर घाटामा रहेको उचित मूल्य कायम नगरुन्जेल सटर नखोल्ने चेतावनी दिएका छन् ।

यता नेपाल आयल निगमले बजारमा पर्याप्त आपूर्ति रहेको बताएको छ । आयल निगमले तेल वितरण नगरेको र बजारमा अभाव भएको भन्ने कारणबाट उपभोक्ताले तेल नपाउने अवस्था सत्य नभएको दाबी गरेको छ । चाडपर्वलाई लक्षित गरेर बजारमा प्रशस्त मात्रामा पेट्रोल बिक्री गरिरहेकाले अहिले बजारमा अभाव हुनै नसक्ने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

‘काठमाडौँ उपत्यकामा मात्रै शनिवार ७ लाख १३ हजार लिटर पेट्रोल बिक्री गरिएको छ,’। ‘चाडपर्वमा वितरण सहज बनाउन बिहान ८ बजेदेखि नै थानकोट डिपो खोलिएको छ । इन्धन अभाव हुनै सक्दैन ।’ पम्पहरूले इन्धन बिक्री नगरेको सम्बन्धमा आफूहरूलाई औपचारिक जानकारी नभएको पनि प्रवक्ता ठाकुरको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर