सफा नोटको सुरक्षामा ध्यान दिन नागरिकलाई अनुरोध

काठमाडौं । दसैँमा नयाँ नोटको कारोबार धेरै हुन्छ। नेपाल राष्ट्र बैँकले दसैँसहितका चाडवाडलाई लक्षित गर्दै सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट वितरणसमेत सुरु गरिसकेको छ। यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले सफा नोटको सुरक्षामा ध्यान दिन नागरिकलाई अनुरोध गरेको छ।
‘सफा र सुकिला नोट मात्रै चलन चल्तीमा आउन भन्ने उद्देश्यले नेपाल राष्ट्र बैकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ,’ राष्ट्र बैँकले सूचना जारी गर्दै भनेको छ, ‘नोटको प्रयोग गर्दा नखुम्च्याउने, पर्समा मिलाएर राख्ने, नकोर्ने, पानीमा भिज्न नदिने, पूजाआजामा अक्षता, अबिर, धूप, बत्ती तथा आगोबाट जगाउने र जथाभावी रङ र तेल नलाग्ने गरी जतन गर्नुपर्छ।’ यसो गर्दा हाम्रो सभ्यता झल्किेन र नोट लामो सयमसम्म टिक्ने राष्ट्र बैँकले जनाएको छ।
प्रतिक्रिया