ग्रिसमाथि नेदरल्यान्ड्सको जित

काठमाडौं ।  युरोकप २०२४ छनोटमा नेदरल्यान्ड्सले जित निकालेको छ । गएराति भएको खेलमा ग्रीसलाई १–० गोलले हराउँदै नेदरल्यान्ड्सले रोमाञ्चक जित निकालेको हो ।

नेदरल्यान्ड्सका भर्जिल भान डाइकले एक गोल गरेका थिए । उनले खलेको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गरेको गोल नै नेदरल्यान्ड्सको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै नेदरल्यान्ड्सले युरो २०२४ को सम्भावना कायम राखेको छ । समूह ‘बी’ बाट फ्रान्सले स्थान सुरक्षित गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर