एकदिवशीय विश्वकपमा अष्ट्रेलियाले पहिलो जित

काठमाडौं ।  भारतमा जारी एकदिवशीय विश्वकपमा अष्ट्रेलियाले पहिलो जित हात पारेको छ। सोमबार श्रीलङ्कालाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले लगातार दुई हारको क्रम तोडेको हो।

पहिला ब्याटिङ गरेको श्रीलङ्का केवल २ सय ९ रनमा समेटिएको थियो। अस्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। अष्ट्रेलियाको जितमा मिचेल मार्सले ५२, जोस इङ्लिसले ५८, मार्नस लाबुसचाग्नीले ४० र ग्लेन म्याक्सवेलले ३१ रन बनाएका थिए। श्रीलङ्काले लगातार तेस्रो हात बेहोरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर