नयाँ नोट साट्ने सुविधा सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारदेखि नयाँ नोट साट्ने सुरु गरेको छ । दसैँ सुरु भएसँगै राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट साट्ने सुविधा उपलब्ध गराएको हो । नयाँ नोट लिनका लागि सर्वसाधारण लाइन लागेका छन् । यसपालि दसैँका लागि मात्रै १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट छापेको छ ।

राष्ट्र बैंकले एक जनालाई १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउने सुविधा दिएको छ । सर्वसाधारणले दसैँका लागि पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउनेछन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर