आज चाहिँ घट्यो है सात सयले सुनको मूल्य

काठमाडौं ।  हिजो आइतबार  तोलामा झण्डै तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख १२ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा सुनको भाउ एक लाख १३ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर