जडीबुटीमा निर्माण गरेको बसपार्क सञ्चालनमा
काठमाडौं । पूर्वअरनिको यातायात प्रालिले काठमाडौंकाे जडीबुटीमा निर्माण गरेको बसपार्क आज आइतवारदेखि सञ्चालनमा आएको छ ।
पूर्वअरनिको यातायात प्रालिले आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौं महानगरले भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि सञ्चालनमा आएको हो । जडीबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्वअरनिको यातयात प्रालीले झन्डै १० करोड रुपैयाँको लगानीमा बसपार्क बनाएको हो ।
प्रतिक्रिया