विद्यालयमा भएको कार्यक्रममा भागदौड मच्चिंदा ७८ को मृत्यु

काठमाडौं । यमनको एउटा विद्यालयमा भएको कार्यक्रममा भागदौड मच्चिंदा करिब ७८ जनाको मृत्यु भएको छ ।

यमनको राजधानी शहर सान्नााको विद्रोही नियन्त्रित विद्यालयमा बुधबार अबेर आयोजना गरिएको आर्थिक सहायता वितरण कार्यक्रममा भागदौड मच्चिंदा उनीहरुको मृत्यु भएको हो । घटामा दर्जनौं घाइते भएका छन् ।

राजधानी सानाको पुरानो शहरको मध्ये भागमा रहेको विद्यालयमा आर्थिक सहायता वितरणको कार्यक्रम राखिएको र त्यसमा हुलदंगा हुँदा ठूलो दुर्घटना भएको हुथि विद्रोहीको आन्तरिक मन्त्रालयले जनाएको छ । अधिकांशको अस्पताल पुर्याइएपछि मृत्यु भएको थियो ।

घटनास्थल नजिकैको अस्पतालमा अहिले पनि दर्जन बढीको उपचार भइरहेको र ति मध्ये धेरैको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले जनाएका छन् । घटना लगत्तै विद्रोही पक्षले विद्यालयमा प्रवेश रोकेका थिए । राजधानी सान्नाको पुरानो शहर इरान समर्थित हुथी विद्रोहीको कब्जामा रहेको छ ।

राजधानी सान्नामा साउदी समर्थित सरकार रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर