चलचित्र ‘दुई कदम’ को टिजर सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक गरिएको छ। उदय सुब्बाद्वारा निर्देशित र सामाजिक विषयवस्तुमा निर्मित सो चलचित्रको टिजर आज टिजर सार्वजनिक गरिएको हो। दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन् । अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा, ब्लेसन विक्रम राई , प्रेम सुब्बा,गौरव पहारी,सुनिल थापा,कविता आले , बुद्धि तामाङ, विमला लिम्बु , जीवन लिम्बु चन्दा दाहाल , अर्जुन गुरुङलगायतको अभिनय रहेको छ।

साथै नव कलाकारमा इयोन लिम्बु र सिमोन गिरीको नव प्रस्तु्तीमा अभिनय रहेको छ । चलचित्रका गीतमा सङ्गीतकार विकाश चौधरीले सङ्गीत भरेका छन् । मुस्ताङ, धरान र इलाम, तेह्रथुममा छायाङ्कन गरिएको छ । विक्रम डिसीको छायाङ्कन, प्रविण ढकालको सम्पादन ,राजु किराँतीको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी, तारा देवी लिम्बु  निर्माता रहेको छ । गीतमा सामाजिक विषयवस्तुमा निर्माण गरिएको र समाजभित्रको कथाहरूलाई लिएर निर्माण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर