इन्टरले बेन्फिकालाई २-० ले हरायो

काठमाडौं । इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा बेन्फिकासँग ३-३ गोलको बराबरी खेलेपनि समग्रमा ५-३ ले विजयी हुँदै इन्टर अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा इन्टरले बेन्फिकालाई २-० ले हराएको थियो ।

दोस्रो लेगमा इन्टरका लागि निकोलो बरेला, लाउटरो मार्टिनेज, जोआक्विन कोरेयाले एक एक गोल गरे ।

बेन्फिकाका एन्टोनियो सिल्भा, पिटर मुसा, फ्रेडरिक और्सनेसले एक एक गोल गरे ।

अब इन्टरले सेमिफाइनलमा इटालीकै एसी मिलानसँग खेल्नेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर