परिच्छेदको महाराधिराज बन्दै

काठमाडौं । गत वर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । घटस्थापनाको अवसर पारेर आज आइतबार नयाँ फिल्म ‘महाराजधिराज’ बनाउने भएको हो । परिच्छेदकै लेखन रहेको यो फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट छन् । विराजले यसअघि फिल्म ‘बुलाकी’ बनाएका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

टोपेन्द्र बिष्टको लगानीमा तयार हुने फिल्मले रोमान्टिक तथा सामाजिक कथा प्रस्तुत गर्ने निर्देशक सेनले जानकारी दिए । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्मलाई वि.सं २०८१ सालको तिहारमा रिलिज गर्ने भएको छ । फिल्मका लागि कलाकार भने तय गरिएको छैन । फिल्ममा सह–निर्देशकको रूपमा काम गर्दै आएका परिच्छेदले ‘प्रेमगञ्ज’ बाट आफूलाई एक सशक्त निर्देशकको रूपमा स्थापना गरेका थिए । यसैले, ‘महाराजधिराज’ बाट दर्शकले आफूप्रति गरेको विश्वासलाई अझै बलियो तरिकाले प्रस्तुत गर्ने परिच्छेदले बताए। परिच्छेदले प्रेमगञ्ज अघि ‘मोदर र स्ट्राइक’ नामका सर्ट फिल्म पनि निर्देशन गरी दुवै फिल्मले दुई दर्जन अन्तर्राष्ट्रिय अवार्ड समेत जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर