एमालेको सहकार्य कांग्रेससँग मात्रै : कार्की

काठमाडौं ।  नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले अहिलेको सत्ता गठबन्धनलाई समर्थन गर्नै नसक्ने बताएका छन्।

कोशीमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन्। शनिबार उनी मुख्यमन्त्री बन्दा मूूख्य भूमिका नै हिक्मत कार्कीको थियो। तर आफ्ना उम्मेदवार अल्पमतमा परेपछि सत्ता गठबन्धनले पनि कांग्रेसबाट बिद्रोह गरेका केदार कार्कीलाई नै समर्थन गर्ने निर्णय गरेको छ।

हिक्मत कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘कस्मेटिक नेता साथीहरु, आफुलाई सम्हाल्नुस् है । कोशी प्रदेशमा महागठबन्धन होइन है, एमाले अहिलेको सत्ता गठबन्धनसँग नभएको मात्रै होइन नि,यसको समर्थन गर्ने त के, यस अघिको गठबन्धनसँग सहकार्य पनि गर्दैन। कोशी प्रदेश सरकार निर्माणमा हाम्रो सहकार्य अहिले कांग्रेससँग मात्रै हो। स्वस्घोषित सेलिब्रेटीले आफुलाई ओभर स्मार्ट बनेर जनपक्षीय शक्ति एमालेलाई अन्डरस्टिमेट गर्ने दुस्साहस नगर्नुस् है। तपाईंहरु जस्ता धेरै कलाकार एमालेले देख्ने ,भोग्ने र बेहोर्ने काम समेत गरिसकेको छ। त्यसैले आफुलाई अपराधमाथि उभिएर पानी माथिको ओभानो बन्ने प्रयास नगर्नु हुन सादर अनुरोध छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर