टेलिकमको दशैँ अफर : ३० जीबी डाटा ३ सय ९९ रुपैयाँमै, रिचार्जमा बोनस

काठमाडौं ।  नेपालीको महान चाड दशैँ, तिहार तथा छठलगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस न्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने छ । दशैँका लागि यो अफर भोलि (२०८० असोज २८) देखि प्रारम्भ हुनेछ र आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने एक सय मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी ९८ रुपैयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ भने १ सय ९९ रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक,  २ सय ९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र  ३ सय ९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत ७ सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको यो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६ सय मिनेट अल नेट भ्वाइस सुविधा र दुई सय अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराइने छ । यस अनुसार दुई सय देखि चार सय ९९ रुपैयाँ सम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन एक जीबीका दरले चलाउन सकिने गरी दुई जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी पाँच सय र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन दुई जीबीका दरले चार दिन चलाउन सकिने गरी आठ जीबी डाटा उपलब्ध हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर