पाकिस्तानले भारतलाई १९१ रनको लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँग पाकिस्तान एक सय ९१ रनमा अलआउट भएको छ  । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ र रन बनायो ।

उसका लागि कप्तान बाबर आजमले ५० रन बनाए । यस्तै, मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह सफिकले २० र हसन अलीले १२ रन बनाए । भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २/२ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर