हमासका वायुसेना प्रमुख मुराद आक्रमणमा मारिए

काठमाडौं । इजरायली वायुसेनाले हमासका वायुसेना प्रमुख मुराद अबु मुराद आफ्नो आक्रमणमा मारिएको जनाएको छ। इजरायलले शुक्रबार हमासको वायुसेनाको मुख्यालयमा हवाई आक्रमण गरेको थियो, जसमा मुराद अबु मुराद मारिएको छ। इजरायली वायुसेनाले एक विज्ञप्तिमा गत शनिबार हमासका आतंककारीहरूलाई मुराद अबु मुरादले निर्देशन दिएको बताएको छ।

इजरायली वायुसेनाले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा लेखेको छ, ‘हिजो वायुसेनाका लडाकु विमानहरूले हवाई गतिविधि सञ्चालन गर्ने आतंकवादी संगठन हमासको मुख्यालयमा हमला गरेको थियो। उक्त हमलामा मुराद अबु मुराद मारिएका थिए । इजरायली वायुसेनाले भने कि अन्य आक्रमणहरूमा उनीहरूले हमास कमाण्डो फोर्सको स्थानमा बमबारी गरेका थिए। गत राति पनि इजरायली सेनाका लडाकु विमानहरूले गाजा पट्टीमा ठूलो हमला गरेका थिए। यसबाहेक, एक आतंकवादी सेललाई पनि पहिचान गरी निशाना बनाइएको थियो, जसमा धेरै आतंकवादी मारिएको रिपोर्ट छ। इजरायलले भने कि यी आतंककारी लेबनानबाट इजरायली सीमामा प्रवेश गर्न खोजिरहेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर