कोशीमा राप्रपा विपक्षमा बस्नेछ : लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको व्यवस्था र अवस्थाको पक्ष र विपक्षमा ध्रुवीकरण हुन आह्वान गरेका छन् ।

‘कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो । अन्ततः घुमिफिरी त्यही बाटोबाट सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ ।’ उनले भने,‘अब यसरी नै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौं !’
लिङ्देनले आफूहरु विपक्षमा बस्ने स्पष्ट पारे । कोशीमा राप्रपा तटस्थ बसेको छ । कांग्रेसको संस्थापन इतरका ८ र एमालेका ३९ जना सांसदको समर्थन लिएर बहुमत पु-याउँदै कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर