मिसाइल आक्रमणमा रोयटर्सका एक पत्रकार मारिए

काठमाडौं । लेबनानमा भएको मिसाइल आक्रमणमा समाचार संस्था रोयटर्सका एक भिडियो पत्रकारको ज्यान गएको छ । रोयटर्सले एक विज्ञप्तिमार्फत् इसाम अब्दुल्लाह नामका पत्रकारको ज्यान गएको पुष्टि गरेको छ । साथै अरु ६ जना पत्रकार घाइते भएका छन् ।

रोयटर्सका अनुसार अल जजिरा, एएफपी र रोयटर्सका पत्रकारहरू इजरायलसँग सीमा जोडिएको लेबनानको दक्षिणी क्षेत्रमा रिपोर्टिङमा थिए । इजरायली सीमामा हिजबुल्लाह र इजरायलले एक अर्कालाई आक्रमण गरिरहेका छन् । लेबनानी प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाहले दुर्घटनाको लागि इजरायल दोषी रहेको आरोप लगाएका छन् । इजरायलको रक्षा बलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर